Kathmandu Press

१४ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा एकजना पक्राउ

पाल्पा, जेठ ३१  : बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक पुरुष पक्राउ परेका छन्। चौध वर्षीया बालिकालाई करणी गरेको आरोपमा रिब्दीकोट गाउँपालिका–...
१४ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा एकजना पक्राउ

पाल्पा, जेठ ३१  : बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक पुरुष पक्राउ परेका छन्। चौध वर्षीया बालिकालाई करणी गरेको आरोपमा रिब्दीकोट गाउँपालिका– १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयको टोलीले करणी पश्चात फरार रहेका विकलाई पक्राउ गरेको हो। विकले बालिकालाई यही जेठ २३ गते रिब्दीकोट–२ जङ्गलमा करणी गरेका थिए। पीडित बालिकाकी  आमाले प्रहरीमा जाहेरी दिएपछि विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए। 

दिदीको घर हिँडेकी नाबालिका बाटोमै बलात्कृत 

गलकोट  नाबालिकालाई बलात्कार गरेको आरोपमा बागलुङमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। प्रहरीले बरेङ गाउँपालिका–३ का २४ वर्षीय अनिल श्रीषलाई पक्राउ गरेको हो। 

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार यही जेठ २७ गते बालिका दिदीको घर जाँदै गर्दा उनलाई डरधम्की देखाएर बाटोमै बलात्कार गरेका थिए। पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि श्रीषलाई पक्राउ गरेको हो। आरोपितलाई पक्राउ गरी आवश्यक अनुसधान सुरु गरिएको जिल्ला  प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १९:३८ बजे, मंगलबार, जेठ ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्