Kathmandu Press

प्रतिनिधिसभा निर्वाचनमा ह्याट्रिक गरेका आचार्यको केन्द्रीय सदस्यका लागि उम्मेदवार 

२०३३ सालमा रसुवाको लहरेपौवामा जन्मिएका आचार्य २०४८ सालदेखि कांग्रेसको विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए। निर्माण व्यवसायको पृष्ठभूमिबाट राजनीतिमा आएका उनी २०७८ सालमा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
प्रतिनिधिसभा निर्वाचनमा ह्याट्रिक गरेका आचार्यको केन्द्रीय सदस्यका लागि उम्मेदवार 

काठमाडौं, असाेज २२ : नेपाली कांग्रेसका नेता मोहन आचार्यले पार्टीको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य (खुलातर्फ) मा दाबेदारी प्रस्तुत गरेका छन्। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका आचार्यले नुवाकोटबाट प्रतिनिधिसभा निर्वाचनमा ह्याट्रिक गरेका छन्। 

२०३३ सालमा रसुवाको लहरेपौवामा जन्मिएका आचार्य २०४८ सालदेखि कांग्रेसको विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए। निर्माण व्यवसायको पृष्ठभूमिबाट राजनीतिमा आएका उनी २०७८ सालमा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

२०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा लगातार विजयी भएका आचार्यले २०८२ मा सम्पन्न निर्वाचनमा पनि निर्वाचित भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी दबदबा रहेको पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा समेत नुवाकोटबाट विजयी हुँदै उनले आफ्नो जनाधार कायम राखेका थिए।

संसद्को सार्वजनिक लेखा समितिमा सदस्य भएर काम गरेको अनुभवसमेत रहेका आचार्य चुनावी राजनीति र संगठन दुवैमा अनुभव भएका नेताका रूपमा कांग्रेसभित्र चिनिन्छन्। 

तीनपटकको संसदीय सफलता, लामो राजनीतिक यात्रा र संगठनात्मक अनुभवलाई आधार बनाउँदै उनले अब पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने लक्ष्यसहित खुलातर्फ केन्द्रीय सदस्यमा दाबेदारी अघि सारेका छन्। आचार्य यसअघि पनि कांग्रेसको केन्द्रीय सदस्य रहेका थिए। 
 
प्रकाशित मिति: १४:४६ बजे, बिहीबार, असोज २२, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्