Kathmandu Press

रुस–युक्रेन युद्धले कागज आपूर्ति प्रभावित हुँदा पुस्तक छपाई ढिला भयो : शिक्षामन्त्री

काठमाडौं, जेठ ३१ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तक छपाइ नियमित रुपमा हुन थालेको दावी गरेका छन्। प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गतको...
रुस–युक्रेन युद्धले कागज आपूर्ति प्रभावित हुँदा पुस्तक छपाई ढिला भयो : शिक्षामन्त्री

काठमाडौं, जेठ ३१ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तक छपाइ नियमित रुपमा हुन थालेको दावी गरेका छन्। 

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गतको छलफलका क्रममा सांसद्हरुले राखेका जिज्ञासामाथि जवाफ दिँदै उनले रुस र युक्रेन युद्धका कारण कागज आपूर्तिमा प्रभाव पर्दा छपाइमा केही ढिलाइ हुन गए तापनि मन्त्रालयको नियमित अनुगमन तथा निर्देशनका कारण पुस्तक छपाइ नियमित रुपमा हुन थालेको बताएका हुन्। 

मन्त्री पौडेलले सरकारले शिक्षामा विनियोजन गरेको बजेट पर्याप्त नभए पनि चालु आर्थिक वर्षकोभन्दा केही वृद्धि भएको बताए । उनले सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको र नीति तथा बजेट र कार्यक्रममा विद्यालय शिक्षा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र सीप विकास र उच्च शिक्षा सुधारमा जोड दिइएको जानकारी दिए। 

उनले आगामी तीन वर्षमा सबै सामुदायिक विद्यालयको न्यूनतम भौतिक पूर्वाधार विकास गर्न कार्यक्रम तय गरिएको बताए । उनले शिक्षा मुलुक विकासको पूर्वाधारको पनि पूर्वाधार भएकाले सबै नागरिकलाई गुणस्तरीय, सीपमूलक तथा व्यावहारिक शिक्षाको प्रत्याभूति नगरी देशका लागि आवश्यक जनशक्ति आपूर्ति हुन नसक्ने बताए। 

मन्त्री पौडेलले शैक्षिक मुद्दाहरुको समाधानका लागि वार्ता र संवादबाट समाधान गर्न सकिने भएकाले अबदेखि विश्वविद्यालयमा कुनै पनि तालाबन्दी र हड्ताल नगर्न पनि आह्वान गरे। 

प्रकाशित मिति: १६:०२ बजे, मंगलबार, जेठ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्