Kathmandu Press

असारभित्र ८० हजार मेट्रिकटन मल आइपुग्ने कृषिमन्त्रिको दाबी

काठमाडौं, जेठ ३१ : कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले भारतबाट ८० हजार मेट्रिक टन मल असारसम्म आइपुग्ने र मल अभाव नहुने बताएका...
असारभित्र ८० हजार मेट्रिकटन मल आइपुग्ने कृषिमन्त्रिको दाबी

काठमाडौं, जेठ ३१ : कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले भारतबाट ८० हजार मेट्रिक टन मल असारसम्म आइपुग्ने र मल अभाव नहुने बताएका छन्। 

प्रतिनिधिसभा बैठकमा कृषि मन्त्रालयको विनियोजन बजेटमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री यादवले १४ हजार मेट्रिक टन मल मौज्दात रहेको र असारसम्ममा ८० हजार मेट्रिक टन मल आईपुग्ने बताएका हुन्। उनले स्वदेशमै रासायनिक मल कारखाना स्थापनाका लागि बजेट छुट्याइएको र लगानी बोर्डमा समेत छलफल अघि बढेको दावी गरे। 

मन्त्री यादवले आगामी आर्थिक बर्षबाट किसान पेन्सन सुरु गर्ने र अहिले लगत संकलनको काम भइरहको जानकारी दिए। उनले कृषि पेशालाई सम्मानित, मर्यादित र नाफामूलक बनाइ आत्मनिर्भर बनाउने, यस क्षेत्रका पूर्वाधार विकास गर्न बजेट विनियोजन गरिएको स्पष्ट पारे। 

उनले गतवर्ष धानबालीमा वर्षाले गरेको क्षतिको राहत दिने बारेमा गृह मन्त्रालय पठाइसकेको र त्यसका लागि रु पाँच अर्ब छुट्याइसकेको जानकारी गराए। 

प्रकाशित मिति: १५:२४ बजे, मंगलबार, जेठ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्