Kathmandu Press

‘खेल पूर्वाधार विकासका लागि १७१ पालिकामा बजेट विनियोजन गरिएको छ’

काठमाडौं, जेठ ३१ : खेलकुद मन्त्रालयले निर्मार्णाधिन रहेका खेल पूर्वाधारहरुलाई निरन्तरता दिन स्थानीय तहहरुलाई आवश्यक बजेट बिनियोजन गर्ने जनाएको छ ।   प्रतिनिधिसभाको मंगलबारको बैठकमा...
‘खेल पूर्वाधार विकासका लागि १७१ पालिकामा बजेट विनियोजन गरिएको छ’

काठमाडौं, जेठ ३१ : खेलकुद मन्त्रालयले निर्मार्णाधिन रहेका खेल पूर्वाधारहरुलाई निरन्तरता दिन स्थानीय तहहरुलाई आवश्यक बजेट बिनियोजन गर्ने जनाएको छ ।   

प्रतिनिधिसभाको मंगलबारको बैठकमा खेलकुद मन्त्रालयमाथिको बिनियोजित बजेटका बिषयमा उठेका प्रश्नको जवाफ दिदै शिक्षामन्त्री देवेन्द्र पौडेलले एक स्थानीय तह एक पूर्वाधार निर्माण गर्ने अवधारण अनुसार निर्मार्णाधिन रहेका खेल पूर्वाधारहरुलाई निरन्तरता दिदै आगामी आर्थिक बर्षमा १ सय ७१ वटा पालीकामा नै बजेट जाने प्रस्ताव गरिएको जानकारी दिएका हुन्। 

उनले स्थानीय तहमा खेल पूर्वाधार निर्माणका लागि कार्यबिधि अनुसार मन्त्रालयले सार्वजनिक सूचना जारी गरि स्थानीय तहबाट नै उपयुक्त स्थानको छनोट गरि पूर्वाधार निर्माणका लागि प्रस्ताव माग गरिएको र सोहि प्रस्तावका आधारमा मापदण्ड पुगेका स्थानीय तहहरुलाई बजेट बिनियोजन गरिएको समेत बताए। 

यस्तै खेलकुद र खेलाडीहरुको बिकास बिद्यालय तहबाट नै बिकास गर्नका लागि बिद्यालयहरुलाई खेलकुल उद्यमस्थलका रुपमा बिकास गर्न यसै आर्थिक बर्षबाट एक बिद्यालय एक खेल मैदान प्रस्ताव गरिएको उनले जानकारी दिए। उनले निर्माणधिन पूर्वाधारणलाई प्राथमिकतामा राखिएको र नयाँ पूर्वाधारलाई पनि अघि बढाउने दावी गरे। जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा ढोरपाटन हाइ अल्टिच्युड टे«ेनिङ सेन्टर , मदन भण्डारी रंगशाला लगाएत केहि आयोजनाहरुमा पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन हुन नसकेको मन्त्री पौडेलको भनाई छ ।  

खेलकुद मन्त्री महेश्वरजंग गहतराज बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रणामा रुस प्रस्थान गरेपछि शिक्षा मन्त्री पौडेलले उक्त मन्त्रालयका बारेमा उठेका प्रश्नको जवाफ दिएका थिए।

प्रकाशित मिति: १३:०५ बजे, मंगलबार, जेठ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्