Kathmandu Press

एमालेले माग्यो अर्थमन्त्री जनार्दन शर्माको राजीनामा 

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले करको दर फेरफेरका बिषयमा प्रश्न उठेपछि नैतिक रुपमा अर्थमन्त्री पदमा बस्न नमिल्ने भन्दै राजीनामा दिनुपर्ने बताएका हुन्। 
एमालेले माग्यो अर्थमन्त्री जनार्दन शर्माको राजीनामा 

काठमाडौं, जेठ ३१ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले करको दर फेरफेरका बिषयमा प्रश्न उठेपछि नैतिक रुपमा अर्थमन्त्री पदमा बस्न नमिल्ने भन्दै राजीनामा दिनुपर्ने बताएका हुन्। 

गम्भीर विषयको गम्भीरतताका साथ प्रश्न खडा गरिसकेपछि अर्थमन्त्रीले आएर संसद्‍मा यसका बारेमा प्रस्ट नपार्नु आपत्तिजनक कुरा भएको उनले बताए । उनले करको विषय ज्यादै गोपनीय र राष्ट्रिय सुरक्षा जस्तै विषय भएकाले यस बिषयमा छानविन हुनुपर्ने माग गरे। पाण्डेले करका दरमाथिको छलफल चलिरहेको बेलामा मन्त्रीलाई बाहेक कसैलाई फोन राख्ने अधिकार नभएको र सचिवका टेलिफोन दराजमा राखेर छलफल गर्ने चलन रहेको धारणा राखे।

अर्थमन्त्रीको जवाफ माग गर्दै एमाले सांसदहरु उठेर बिरोध गरेपछि सभामुख अग्नी सापकोटाले यस बिषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका थिए। 
 
अर्थमन्त्री शर्मालाई बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर व्यक्तिगत स्वार्थमा करको दर हेरफेर गरेको आरोप लागेको छ । मन्त्रालयले भने विज्ञप्ति नै जारी गरेर आरोपको खण्डन गरिसकेको छ। 

प्रकाशित मिति: १२:५४ बजे, मंगलबार, जेठ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्