Kathmandu Press

भूकम्पबाट क्षतिग्रस्त त्रिचन्द्र कलेज पुननिर्माण गर्न विद्यार्थीको माग 

काठमाडौं, जेठ ३१ : बिनासकारी भूकम्पबाट पूर्णरुपमा क्षति भएको भवन पुननिर्माण हुनुपर्ने भन्दै काठमाडौंको घन्टाघरस्थति त्रिचन्द्र क्याम्पसका बिद्यार्थीहरुले सडकमै बसेर पढेर सम्बन्धीत निकायको ध्यानाकर्षण...
भूकम्पबाट क्षतिग्रस्त त्रिचन्द्र कलेज पुननिर्माण गर्न विद्यार्थीको माग 

काठमाडौं, जेठ ३१ : बिनासकारी भूकम्पबाट पूर्णरुपमा क्षति भएको भवन पुननिर्माण हुनुपर्ने भन्दै काठमाडौंको घन्टाघरस्थति त्रिचन्द्र क्याम्पसका बिद्यार्थीहरुले सडकमै बसेर पढेर सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका छन्।

भूकम्पबाट क्षति भएको लामो समय हुँदा पनि पुननिर्माणमा चासो नदेखाएको भन्दै बिद्यार्थीहरुले सडकमै बसेर पढेर ध्यानाकर्षण गराएका हुन् । उनीहरुले भवन पुननिर्माण गर, हामी पढ्न चाहन्छौ, भ्युटावर चाहि बन्ने त्रिचन्द नबन्ने, इतिहास ढल्दैछ सरकार मौन छ, शिक्षा मन्त्रालय हराएको सूचना लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए। 

नेपालको इतिहासकै रुपमा रहेको त्रिचन्द्र क्याम्पसको पुननिर्माणमा सरकारको ध्यान नगएको भन्दै प्रदर्शन गर्नुपरेको बिद्याथीहरुको भनाई छ । एक सय चार वर्षको इतिहास बोकेको त्रिचन्द्र कलेजको अवस्था दयनीय बनेपछि विद्यार्थीहरु क्याम्पस बचाउ अभियानमा लागेका हुन् । २०७२ को भूकम्पले भत्काएको त्रिचन्द्र कलेजको पुरानो भवन पुनर्निर्माण नहुँदा थप जीर्ण बन्दै गएको छ । त्रिचन्द्र कलेजको घन्टाघरतर्फको भवन १९७५ सालमै बनेको थियो । 

प्रकाशित मिति: १२:४९ बजे, मंगलबार, जेठ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्