Kathmandu Press

लुम्बिनी प्रदेशका राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा 

मन्त्री वलीलाई महिलामाथि हातपात गरेको आरोपमा आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। 
लुम्बिनी प्रदेशका राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा 

काठमाडौं, जेठ ३१ : लुम्बिनी प्रदेशका स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले बताए ।

बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनापछि आफूहरूले उद्दार गरेकोप्रहरी निरीक्षक स्वारले बताए । घटनाबारे थप बुझिरहेको उनले जानकारी दिए। 

प्रकाशित मिति: ११:०३ बजे, मंगलबार, जेठ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्