Kathmandu Press

बाँदर मार्न बोकेको बन्दुक पड्किँदा एक किशोरको मृत्यु

ओखलढुंगा, कात्तिक १९ :  ओखलढुङ्गामा बाँदर मार्न बोकेको बन्दुक पड्किएर एक किशोरको मृत्यु भएको छ।  मोलुङ गाउँपालिका–३ थुम्कीका १७ व....

बाँदर मार्न बोकेको बन्दुक पड्किँदा एक किशोरको मृत्यु
फाइल

ओखलढुंगा, कात्तिक १९ :  ओखलढुङ्गामा बाँदर मार्न बोकेको बन्दुक पड्किएर एक किशोरको मृत्यु भएको छ।  मोलुङ गाउँपालिका–३ थुम्कीका १७ वर्षीय लालमान तामाङको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो। 

सोमबार दिउँसो २ बजे स्थानीय थुम्की जङ्गलमा बाँदर लखेट्ने क्रममा चित्रबहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कँदा तामाङ घाइते भएका थिए। उपचारका लागि काठमाडौँ लैजाने क्रममा सिन्धुलीको खुर्कोटमा पुगेपछि घाइते तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।  

Hardik ivf

तामाङको मृत्यु भएपछि सोही ठाउँका २१ वर्षीय चित्रबहादुर सुनुवारलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ। अन्य चार जना २२ वर्षीय सविन सुनुवार, १७ वर्षीय पदम सुनुवार, १६ वर्षीय सुन्दर तामाङ र २२ वर्षीय २२ का रुकमान तामाङ फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय रामपुरको प्रहरीले स्थलगत अनुसन्धान थालेको छ। प्रहरीले घटनास्थलबाट एक थान लोड भएको अवस्थामा र एक थान पड्किएको अवस्थामा भरुवा बन्दुकसमेत बरामद भएको छ।

प्रकाशित मिति: १८:१२ बजे, मंगलबार, कात्तिक १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्