Kathmandu Press

बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै १० मन्त्री

बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै १० मन्त्री

काठमाडौं, जेठ ३१ : प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रीहरुले बजेट माथि उठेका प्रश्नको जवाफ दिने भएका छन्।

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गरेका थिए। त्यसयता प्रतिनिधिसभामा बजेटमाथि छलफल चलिरहेको थियो।

छलफलका क्रममा सांसदहरुले विभिन्न प्रश्न सोधेका छन्। सोमबारदेखि मन्त्रीहरुले जवाफ दिने क्रमम शुरु भएको छ।

त्यसका लागि आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। आजको बैठकमा १० जना मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

आज युवा तथा खेलकुद, शहरी विकास, कृषि तथा पशुपन्क्षी विकास, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले जवाफ दिने कार्यसूची छ।

त्यस्तै, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रीले पनि आजै जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति: ०७:३६ बजे, मंगलबार, जेठ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्