पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर खुल्यो
रामपुर, जेठ ३१ : पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालन भएको छ।पाल्पाको रामपुुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खस्दा आइतबार दिउँसो...
रामपुर, जेठ ३१ : पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालन भएको छ।
पाल्पाको रामपुुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खस्दा आइतबार दिउँसो ३ बजेदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको हो।
करिडोरअन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै स्याउलीबजारदेखि तिरतिरेधाराको बीच भागमा खसेको पहिरो सोमबार बिहान १० बजेदेखि हटाउने काम भएको थियो।
करिब सात घण्टा लगाएर पहिरो हटाइएको प्रहरीले जनाएको छ। पहिरो पन्छाएपछि बाटोमै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।
सडक अवरुद्ध हुँदा रामपुरदेखि काठमाडौं, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका लागि छुटेका गाडी र काठमाडौं, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका ठाउँबाट रामपुर आउँदै गरेका गाडीमा सवार यात्रुहरु अलपत्र परेका थिए।
यस क्षेत्रमा पटक पटक माथिबाट पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ।











