Kathmandu Press

सीजी इन्टरनेटको ठगी धन्दा, नयाँ जडानमा छिटो सर्भिस, पुरानो मर्मतमा बेवास्ता

काठमाडौं, जेठ ३० : सीजी इन्टरनेटले सेवा सुविधाको नाममा प्रयोगकर्ताहरुलाई ठग्दै आएको पाइएको छ। गत बर्षदेखि इन्टरनेटको सुविधा दिन थालेको सीजीले बताए भन्दा निकै...
सीजी इन्टरनेटको ठगी धन्दा, नयाँ जडानमा छिटो सर्भिस, पुरानो मर्मतमा बेवास्ता

काठमाडौं, जेठ ३० : सीजी इन्टरनेटले सेवा सुविधाको नाममा प्रयोगकर्ताहरुलाई ठग्दै आएको पाइएको छ। गत बर्षदेखि इन्टरनेटको सुविधा दिन थालेको सीजीले बताए भन्दा निकै कम सर्भिस दिन थालेपछि प्रयोगकर्ताले हैरानी खेप्नु परेको हो ।

अन्य इन्टरनेटको तुलनामा कम मूल्यमा इन्टरनेट सेवा दिएजस्तै सेवा सुविधामा पनि बेवास्ता गरेको पाइएको हो। बुढानिलकण्ठ निवासी सीजी इन्टरनेट प्रयोगकर्ता रोशन खड्का नेट नचलेर कम्प्लेन गरेको चार दिन भइसक्दा पनि कम्पनीले मर्मतको कुनै प्रयास नगरेको बताउँछन। घरमा नेट नचलेर कम्प्लेन गरेको आज चार दिन भयो, अहिले आउँछौं, भरै आउँछौं भन्छन तर मर्मत गर्न कोही आएको छैन। उनी भन्छन, जति छिटो नयाँ जडानको लागि खबर गर्दा उनीहरु आउछन, मर्मतको लागि यो समय धेरै ढिलो हो, आजभोलि सबै काम इन्टनेटबाट नै हुन्छ, चार दिनसम्म नेट नचल्दा धेरै काममा समस्या आएको छ। 

एता सीजी इन्टरनेट भने, मौसम र बर्खाको समयलाई दोष देखाउँदै जिम्बेवारीबाट पन्छिएको छ। बर्खाको समयमा काम गर्न ढिलो हुने भएकोले मर्मतमा केही समयलागेको कम्पनीको कलसेन्टरका टिम लिडर निरज श्रेष्ठ बताउँछन।  तर अन्य समयमा पनि सीजी इन्टरनेटले राम्रो सेवा प्रवाह गर्न नसकेको सामाखुसी निवासी रेशु थापा बताउँछिन। भन्छिन, सीजीले निकै दुख र हैरानी दिएपछि बाध्य भएर अर्कोबाट सेवा लिन थालेको छु। 

कम्पनीको सेवा प्रवाहबारे हामीले अन्य व्यत्तिसँग कुराकानी गर्न खोजेपनि उनीहरु सम्पर्कमा आउन चाहेनन। 

यी त उदाहरणको पत्र मात्र हुन, यस्तै विभिन्न हैरानी खेप्दै आएका छन सीजी इन्टरनेट प्रयोगकर्ताहरु। विभिन्न प्रलोभन देखाएर १ बर्षको बिल भुक्तानी गर्न लाउने र सेवा दिन नसक्ने सीजी इन्टरनेट कम्पनीबाट प्रयोगकर्ताहरुले हार खाइसकेका छन।


 

प्रकाशित मिति: २०:५१ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्