Kathmandu Press

निर्वाचनमा सत्ताको चरम दुरुपयोग भएको एमालेको आरोप, पपुलर भोटमा एमाले पहिलो बनेको दाबी 

काठमाडौं, जेठ ३० : प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले स्थानीय निर्वाचनमा सत्ताको चरम दुरुपयोग भएको आरोप लगाएको छ ।आज बसेको सचिवालय बैठकले स्थानीय...
निर्वाचनमा सत्ताको चरम दुरुपयोग भएको एमालेको आरोप, पपुलर भोटमा एमाले पहिलो बनेको दाबी 

काठमाडौं, जेठ ३० : प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले स्थानीय निर्वाचनमा सत्ताको चरम दुरुपयोग भएको आरोप लगाएको छ ।

आज बसेको सचिवालय बैठकले स्थानीय सत्ता गठबन्धनले स्थानीय निर्वाचनमा शक्तिको चरम दुरुपयोग गरेको निष्कर्ष निकालेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

निर्वाचनमा हारजित स्वाभाविक भएपनि यसपटक देशका धेरै ठाउँमा स्वस्थ र निष्पक्ष निर्वाचन हुन नसकेको एमालेको दाबी छ । चुनावको नतिजा अनेपक्षित भएपनि ३४ प्रतिशत पपुलर भोट सहित एमाले पहिलो पार्टी बनेको एमालेको निष्कर्ष छ । यस्तै उमेदवार चयनलाई लिएर पार्टीभित्रैबाट अन्तर्घात भएको पनि एमालेको निष्कर्ष छ ।

अहिलेको स्थानीय निर्वाचनको परिणामका आधारमा स्वतन्त्र उमेदवारप्रति जनताको झुकाव बढेको निष्कर्ष निकाल्न नमिल्ने उनको भनाइ थियो ।

नेपाललाई नजानिँदो गरी भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम सरकारले गरेकोमा बैठकले चिन्ता व्यक्त गर्दै त्यसको आलोचना, विरोध र भण्डाफोर गर्ने तथा नेपालको स्वाधीनता, स्वतन्त्रतामा आँच आउन नदिने गरी पार्टीको भूमिका प्रभावकारी बनाउने निर्णय समेत उसले गरेको छ । 

प्रकाशित मिति: २०:३७ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्