Kathmandu Press

आर्मीले जित्यो मकवानपुर गोल्ड कपको उपाधि

काठमाडौं, जेठ ३० : स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्ड कपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।हेटौँडा उपमहानगरपालिका ५ को पिप्ले...
आर्मीले जित्यो मकवानपुर गोल्ड कपको उपाधि

काठमाडौं, जेठ ३० : स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्ड कपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

हेटौँडा उपमहानगरपालिका ५ को पिप्ले रङ्गशालामा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले विजयी युथ क्लब हेटौँडालाई दुई–एक गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो ।

आर्मीले उपाधि शिल्डसँगै १५ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता बनेको हेटौँडाले शिल्डसँगै १० लाख रुपैयाँ पायो । आर्मीलाई जिताउन कप्तान भरत खवास र कमलबहादुर थापाले गोल गरे । घरेलु टोली विजय युथका डोना थापाले पेनाल्टीमार्फत एक गोल फर्काए ।

मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले हेटौँडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको एक थान बुलेट मोटरसाइकल हात पार्नेछ ।

व्यक्तिगत विधाका उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । आर्मी दोस्रो पटक विजेता बनेको हो । 

प्रकाशित मिति: २०:३० बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्