Kathmandu Press

शेयर बजारमा आज लगानीकर्ता अन्योलमा 

काठमाडौं, कात्तिक १९ : नेप्से परिसूचक ० दशमलव ८१ ले घटेर ११३९ दशमलव ४५ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ०७ प्रतिशतकोे गिरावट द....

शेयर बजारमा आज लगानीकर्ता अन्योलमा 

काठमाडौं, कात्तिक १९ : नेप्से परिसूचक ० दशमलव ८१ ले घटेर ११३९ दशमलव ४५ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ०७ प्रतिशतकोे गिरावट देखिएको छ।

११४० दशमलव २२ को विन्दुमा खुलेको दोस्रो बजार ११४१ दशमलव ८७ को उच्च विन्दुसम्म पुगेको थियो। 

बजारको न्यून विन्दु ११३८ दशमलव ६७ थियो। मंगलबार दिनभरमा २८ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

Hardik ivf

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको संस्थापक शेयर किनबेच भएको छ। प्रभु बैंक लिमिटेडको ३ करोड ९४ लाख बराबरको संस्थापक शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज ग्लोबल आईएमई समुन्नत योजना १ का इकाइधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने सिनर्जी पावर डेभलपमेन्टका शेयरधनीले सर्वाधिक १० प्रतिशतले गुमाए। 


प्राविधिक विश्लेषण 
अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार बजारको सामान्य तत्कालीन प्रतिरोध र टेवा क्रमश : ११४२ र ११३६ मा रहेको भनिएकोमा मंगलबार बजार यही  क्षेत्रभित्र सीमित रहेर उतारचढाव भएको छ। आज बजार ११३९ दशमलव ४५ अंकमा बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार नेप्सेको उतारचढाव एसेन्डिङ्ग ट्रायङ्गलको आकृतिभित्र सीमित रहेको देखिन्छ। यो प्रवृत्ति आफैमा प्राय बुलिस प्रवृत्तिको हुने गर्दछ। आजको मैनबत्तीले डोजी आकृति बनाएको छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गर्दछ। आजको परिमाण सामान्य रहेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो र आजको बजारको उतारचढाव प्रवृत्तिहीन रहेको देखिन्छ।

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले कारोबारको अन्तिम समयमा क्रेताको चाप कमजोर हँदै गएको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४३ दशमलव २९ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजार निश्चित रुपमा सकारात्मक भई हाल्ने संकेत गरेको देखिँदैन।

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकहरुलाई  समग्र रुपमा हेर्दा यदि बजार ११५३ भन्दा माथि स्थिर रहेमा मात्र बजार केही  सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन प्रतिरोध ११८० को क्षेत्रमा रहेको देखिन्छ। बजारको सामान्य तत्कालीन टेवा ११३० देखि ११३६ को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १६:५६ बजे, मंगलबार, कात्तिक १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्