अर्थ मन्त्रालयले भन्याे- बजेट निर्माणमा तोकिएबाहेक कसैलाई सहभागी गराइएको छैन
काठमाडौं, जेठ ३० : अर्थ मन्त्रालयले बजेट निर्माणका बेला जिम्मेवार पदाधिकारीहरूबाहेक कसैको सहभागिता नरहेको बताएको छ।मन्त्रालयले आज एक प्रेस प्रेस विज्ञप्ति जारी गरेर ‘मध्यराति...काठमाडौं, जेठ ३० : अर्थ मन्त्रालयले बजेट निर्माणका बेला जिम्मेवार पदाधिकारीहरूबाहेक कसैको सहभागिता नरहेको बताएको छ।
मन्त्रालयले आज एक प्रेस प्रेस विज्ञप्ति जारी गरेर ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो...’ भन्ने शीर्षकमा एक राष्ट्रिय दैनिकमा प्रकाशित समाचारप्रति अर्थ मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अर्थमन्त्री जनार्दन शर्मालाई जोडेर प्रकाशित गरिएको समाचारको अर्थ मन्त्रालयले खण्डन गर्दै बजेट निर्माण प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीहरूबाहेक अरू कसैको सहभागिता नरहेको स्पष्ट पारेको हो।
'बजेटलाई अन्तिम रूप दिने सन्दर्भमा १४ जेठ, २०७९ मा समेत बिहानैदेखि मन्त्रालयमा माननीय अर्थ मन्त्रीको नेतृत्वमा सचिव, सचिव (राजस्व) र मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखहरू तथा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक समेतको सहभागितामा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयकलगायत बजेटसँग सम्बन्धित विषयहरू तयारी भएको र यस प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीहरूबाहेक अरू कसैको सहभागिता नरहेको सबैमा जानकारी गराउँदछौ,’ मन्त्रालयका प्रवक्ता र सहसचिव भूपाल बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आज (सोमबार) को प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूले अर्थमन्त्री शर्मासँग बजेट निर्माणको समय कसैलाई प्रवेश नदिइने नियमको उल्लंघन गरेको भन्दैस्पष्टीकरण माग गरेको थिए।
अर्थमन्त्रीको बचाउ गर्दै निकालिएको विज्ञिप्तिमा भनिएको छ, ‘अन्नपूर्ण पोष्ट दैनिकमा २०७९ जेठ ३० गते अर्थमन्त्री र मन्त्रालयलाई जोडेर प्रकाशित समाचारप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। अर्थ मन्त्रालयले २०७८ चैत्र १ गते देखि नै औपचारिक रुपमा बजेट तथा कार्यक्रमका विषयमा क्षेत्रगत छलफल, विज्ञहरु तथा अन्य सरोकारवाला निकायसँग परामर्श र अन्तरक्रिया प्रारम्भ गरेको, मन्त्रालयका सहसचिवको नेतृत्वमा बजेट मस्यौदा समिति गठन गरेको तथा सर्वसाधारणको प्रतिक्रिया, सुझावहरु संकलनका लागि मन्त्रालयमा ११३८ को निःशुल्क टोल फ्रि नं. व्यवस्थासहित आर्थिक वर्ष २०७९र८० को बजेट सम्वन्धी राय सुझाव संकलन कक्ष समेत स्थापना गरी बजेट निर्माणको कार्यलाई विगत बर्षहरु भन्दा फरक तवरबाट बढी जन अपनत्व बनाउने गरी माननीय अर्थ मन्त्रीको नेतृत्वमा मन्त्रालयको सम्पूर्ण टिम औपचारिक रुपमा बजेट लेखन र निर्माणमा निरन्तर खटेको थियो।'
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, 'आर्थिक वर्ष २०७९र८० को बजेट तर्जुमाका क्रममा ९१ देखि १४ जेठ, २०७९० माननीय अर्थ मन्त्री सामान्यत सूचीकृत दैनिक औपचारिक कार्यक्रम बाहेक हरेक दिन बिहान ७ स् ३० बजे मन्त्रालय आउने र राती अबेरसम्म रही बजेटलाई पूर्णता दिन मन्त्रालयका अधिकारीहरुसँग निरन्तर छलफल गर्ने कार्यमा खट्नुभएको थियो। सोही क्रममा बजेटलाई अन्तिम रुप दिने सन्दर्भमा १४ जेठ, २०७९ मा समेत बिहानैदेखि मन्त्रालयमा माननीय अर्थ मन्त्रीको नेतृत्वमा सचिव, सचिव (राजस्व) र मन्त्रालयका सम्वन्धित महाशाखा प्रमुखहरु तथा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक समेतको सहभागितामा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतका बजेटसँग सम्वन्धित विषयहरु तयारी भएको र यस प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीहरु बाहेक अरु कसैको सहभागिता नरहेको सबैमा जानकारी गराउँदछौं।’












