Kathmandu Press

सुन प्रतितोला दुई सय रुपैयाँले घट्यो

काठमाडौं, कात्तिक १९ : पछिल्लो साता केही उकालो लागेको सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार स्थ....

सुन प्रतितोला दुई सय रुपैयाँले घट्यो

काठमाडौं, कात्तिक १९ : पछिल्लो साता केही उकालो लागेको सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ।

छापावाला सुनको मूल्य प्रतितोला ७० हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।  सोमबार छापावाला सुन प्रतितोला ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। 

यसैगरी, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई सय रुपैयाँले घटेको छ। महासंघले तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ। सोमबार तेजाबी सुन प्रतितोला ७० हजार ७०० मा खरिदबिक्री भएको थियो। 

यसैगरी चाँदीको मुल्यमा पनि प्रतितोला  पाँच रुपैयाँले घटेको छ। स्थानीय बजारमा चाँदी प्रतितोला  ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
 

प्रकाशित मिति: १६:०९ बजे, मंगलबार, कात्तिक १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्