Kathmandu Press

विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीकाे निर्देशन

काठमाडाैं, जेठ ३० : गृहमन्त्री बालकृष्ण खाँणले मनसुनजन्य विपद्का घटनाहरुबाट हुने क्षति न्यूनीकरण गर्न पूर्व तयारी तथा प्रतिकार्यमा गम्भीर हुन निर्देशन दिएका छन्।सिंहदरबारमा...
विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीकाे निर्देशन

काठमाडाैं, जेठ ३० : गृहमन्त्री बालकृष्ण खाँणले मनसुनजन्य विपद्का घटनाहरुबाट हुने क्षति न्यूनीकरण गर्न पूर्व तयारी तथा प्रतिकार्यमा गम्भीर हुन निर्देशन दिएका छन्।

सिंहदरबारमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकमा उनले मनसुन सुरु भएसँगै विपद्का घटनाहरुबाट हुने क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।

उनले विपदको सामना गर्न राज्यका सवै निकायले एकीकृत योजना बनाउनुपर्ने बताए। त्यस्तै उहाले बिपद जोखिमको तयारी, जनशक्तिको अवस्था एवं साधन स्रोतको विवरणसहितको विस्तृत कार्य योजना पेश गर्न पनि निर्देशन दिएका छन्। 

बैठकमा सरोकारवाला निकायका प्रतिनिधिहरुले विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न जनशक्ति र सामग्रीहरुलाई तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: १३:५३ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्