Kathmandu Press

करको दरबारे प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिनुपर्ने योगेश भट्टराईको माग 

काठमाडौं, जेठ ३० : प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत करको दरमा हेरफेर गरिएको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीको जवाफ माग गरेको...
करको दरबारे प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिनुपर्ने योगेश भट्टराईको माग 

काठमाडौं, जेठ ३० : प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत करको दरमा हेरफेर गरिएको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीको जवाफ माग गरेको छ । 

प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुमै एमालेका सांसद योगेश भट्टराईले करको दर परिवर्तन गर्दा अनधिकृत व्यक्तिलाई प्रयोग गरिएको समाचार सञ्चारमाध्यममा आएको भन्दै यस बिषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका हुन्। 

सांसद भट्टराईले विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका सामग्रीमा कर वृद्धि गरिएको र अनधिकृत व्यक्तिलाई बजेट निर्माणको अन्तिम दिन प्रवेश गराइएको आरोप लगाए । पदमा रहँदा वा नरहँदा राज्यका कुनै पनि गोपनियता भंग गरिँदैन भन्ने शपथ खाने गरेको भन्दै अर्थमन्त्रीले राष्ट्रघाती कदम चालेको जिकिर गरे।

उहाले अन्धाधुन्ध रुपमा करको दायरामा गरिएको हेरफेरले मुलुकका स्वदेशी उद्योगहरु धरासयी अवस्थामा पुगेको बताए। 

प्रकाशित मिति: १३:०४ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्