Kathmandu Press

प्रधानमन्त्री र लोसपाका नेताहरूबीच भेटवार्ता 

काठमाडौं, जेठ ३० : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूबीच भेटवार्ता भएको छ ।लोसपा अध्यक्ष महन्थ...
प्रधानमन्त्री र लोसपाका नेताहरूबीच भेटवार्ता 

काठमाडौं, जेठ ३० : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूबीच भेटवार्ता भएको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेता देउवालाई भेट्न आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

भेटमा यही जेठ २४ गते लोसपाले ११ बुँदे माग राखेर प्रधानमन्त्री देउवालाई बुझाएको ज्ञापनपत्रमै उल्लेख भएका विषयमा केन्द्रित रहेर छलफल भएको जनाइएको छ।

अध्यक्ष ठाकुरले वामपन्थीहरूसँगको गठबन्धनले कालान्तर लोकतान्त्रिक मूल्य मान्यता कमजोर बन्ने र वामपन्थी शक्ति झनै बलियो हुँदै जाने खतर राहेको बताउँदैे लोकतान्त्रिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने प्रस्ताव राखेको जनाइएको छ।  

सोही भेटका क्रममा लोसपाका नेताहरूले आर्थिक वर्ष २०७९÷८० को बजेट समावेशी नभएको गुनासो गरेका थिए।

प्रकाशित मिति: १२:५३ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्