Kathmandu Press

आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन्छ : प्रचण्ड

आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन्छ : प्रचण्ड

काठमाडौं, जेठ ३० : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने बताएका छन्।

बर्दियाकाे बेलभारमा  पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले मंसिर पहिलो साता प्रतिनिधि र प्रदेशसभाको चुनाव सकेसम्म एकै चरणमा सम्पन्न  हुने बताएका हुन्।

चुनावबारे प्रधानमन्त्री शेरबहादु देउवालगायत गठबन्धन दलका नेताहरूसँग छलफल भइरहेको र मंसिर पहिलो साता निर्वाचन गर्ने विषयमा सबै सकारात्मक रहेकाे उनले जानकारी  दिए।

'गठबन्धनभित्र मंसिर पहिलाे साताभित्र सकेसम्म एकै चरणमा निर्वाचन गर्नेबारे कुराकानी भइरहेकाे र मंसिर पहिलो साता वा कात्तिक अन्तिम साता निर्वाचन गर्नुपर्ने कुरा प्रतिपक्षले पनि उठाएको छ,' उनले भने, 'त्यसकारण मंसिरमा निर्वाचन हुँदैन भनेर काेही पनि भ्रममा पर्नुपर्दैन।'

स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न सफल भएकाे उल्लेख गर्दै उनले प्रतिनिधिसभा र प्रदेशसभाको एकै चरणमा गर्न सहज हुन्छ कि हुँदैन भन्ने छलफल चलिरहेकाे जानकारी दिए। 'सुरक्षाका दृष्टले दुई चरणमा गर्ने भन्ने कुरा आइरहेकाे छ,' उनले भने, 'जे भए पनि मंसिरमा चुनावचाहिँ हुन्छ।'

 

प्रकाशित मिति: १२:०३ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्