Kathmandu Press

संसद बैठकको कार्यसूची स्थगित गरेर मलको विषयमा छलफल गर्न एमालेको माग 

‘सरकार यी सबै प्रक्रियाबाट पूर्ण असफल भइरहेको अवस्थामा हामी जनताका प्रतिनिधिहरु टुलुटुलु हेरेर अन्य विषयमा छलफल गर्दै किसानको समस्याप्रति मुकदर्शक हुने अवस्था छैन’
संसद बैठकको कार्यसूची स्थगित गरेर मलको विषयमा छलफल गर्न एमालेको माग 

काठमाडौं, जेठ ३० : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठकको नियमित कार्यसूची स्थगित गर्न माग गरेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतका १५ सांसदले संसदमा जारी बजेटमाथिको मन्त्रालयगत छलफल रोकेर मलको बारेमा छलफल गर्न स्थगत प्रस्ताव दर्ता गराएका हुन्।

प्रस्तावमा हस्ताक्षर गर्ने अन्य सांसदहरुमा कृष्णभक्त पोखरेल, यज्ञराज सुनुवार, राजेन्द्रकुमार राई, कृष्ण गोपाल श्रेष्ठ, नारायणप्रसाद खतिवडा, झपटकुमार रावल, गंगा चौधरी, रेखा कुमारी, नारायण प्रसाद मरासिनी, पवित्रा निरौला खरेल, विमला विश्वकर्मा, सरिता गिरी, नवराज सिलवाल र घनश्याम खतिवडा छन्। 

दर्ता गराइएको प्रस्तावमा धान खेती शुरुवात हुने समय गुज्रिन लागिसक्दा किसानहरु मलका लागि भौतारिँदै हिँडेको र सरकार कुनै समस्या नै नभएजसरी ढुक्कसँग बसेको उल्लेख छ। ‘रासायनिक मललाई अत्यावश्यक वस्तुको रुपमा एनेमा परिभाषित गरी छिटो प्रक्रियाबाट ल्इाउने गरी कानुनमा सुधार सम्म गर्ने प्रयास समेत सरकारले गरेको छैन,’ पत्रमा भनिएको छ,‘ गभर्नमेन्ट टू गभर्नमेन्ट (जी टू जी) विधिबाट भएपनि तत्काल मल देशभित्र ल्याउन मल उत्पाद राष्ट्रहरुसँग  विशेषर गरी भारतसँग पहलकदमी गर्नुपर्ने देखिन्छ।’

‘सरकार यी सबै प्रक्रियाबाट पूर्ण असफल भइरहेको अवस्थामा हामी जनताका प्रतिनिधिहरु टुलुटुलु हेरेर अन्य विषयमा छलफल गर्दै किसानको समस्याप्रति मुकदर्शक हुने अवस्था छैन,’ पत्रमा अगाडि भनिएको छ,‘ तसर्थ प्रतिनिधि सभा नियमावली, २०५७ को नियम ७८ बमोजिम प्रतिनिधि सभाको बैठकको कार्यक्रम स्थगनग गरी रासायनिक मल झिकाई कुषकलाई तत्काल उपलब्ध गराउने विषयमा छलफल गर्ने व्यवस्था मिलाउने यो स्थगनको प्रस्तावनको सूचना दिएका छौँ।’

प्रकाशित मिति: ११:३७ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्