खेलकुद मन्त्री गहतराज ५ दिने भ्रमणका लागि रुस प्रस्थान
रुसका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतरास सोमबार पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका हुन्।
काठमाडौं, जेठ ३० : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज रुस प्रस्थान गरेका छन् । रुसी सरकारका खेलकुदमन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतरास सोमबार पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका हुन्।
मन्त्री गहतराजको साथमा मन्त्रालयका सचिव दामोदर रेग्मी समेत रुस प्रस्थान गरेका हुन्। रुस प्रस्थान गर्नुभन्दा अघि मन्त्री गहतराजले खेलकुद कूटनीति मार्फत् नेपाल–रुसको ६६ वर्ष पुरानो सम्वन्ध सुधारमा भूमिका खेल्ने बताए।
मन्त्री गहतराजले रुस सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनसँग औपचारिक भेट गर्ने कार्यक्रम छ । भ्रमणको क्रममा गहतराजले खेलकुद विश्वविद्यालय र अन्तर्राष्ट्रिय रंगशालाको भ्रमण र अनुभव आदानप्रदान गर्ने कार्यक्रमसमेत तय भएको मन्त्री गहतराजले बताए ।
रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन् ।











