Kathmandu Press

आइजीपी बढुवाविरुद्धको रिट कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको इसलासमा 

काठमाडौं, जेठ ३० : नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्त विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेसी तोकिएको छ । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की...
आइजीपी बढुवाविरुद्धको रिट कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको इसलासमा 

काठमाडौं, जेठ ३० : नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्त विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेसी तोकिएको छ ।

सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासबाट आइजीपी नियुक्ति विरुद्धको रिटमा सोमबार (आज) सुनुवाई हुन लागेको हो। 

धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा अर्को पेसी सोमबारका लागि तोकिएको थियो। 

वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।


  

प्रकाशित मिति: १०:४८ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्