Kathmandu Press

प्रतिकूल मौसमले लुक्ला विमानस्थलमा उडान ठप्प

सोलु, जेठ ३० : प्रतिकूल मौसमका कारण एक सातादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा उडान ठप्प रहेको छ।खराब मौसमका कारण लुक्लास्थित तेन्जिङ हिल्लारी विमानस्थलमा उडान...
प्रतिकूल मौसमले लुक्ला विमानस्थलमा उडान ठप्प

सोलु, जेठ ३० : प्रतिकूल मौसमका कारण एक सातादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा उडान ठप्प रहेको छ।

खराब मौसमका कारण लुक्लास्थित तेन्जिङ हिल्लारी विमानस्थलमा उडान हुन सकेको छैन। गत आइतबारदेखि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले बताए।

मौसम नसुध्रिएकाले उडान तालिका रद्द भइरहेको उनले बताए। जसले गर्दा काठमाडौं जानुपर्ने पर्यटक पनि लुक्लामै रोकिएको उनले बताए।

प्राधिकरणका अनुसार डेढ सयभन्दा बढी पर्यटक लुक्लामै रोकिएका छन्। उनीहरुले लुक्ला क्षेत्रको भ्रमण सकेर काठमाडौं फर्किने तयारीमा थिए।

लुक्लाबाट उडान हुन नसकेपछि आन्तरिक तथा वाह्य पर्यटक सल्लेरी पुग्न थालेका छन्। उनीहरु गाडीमार्फत काठमाडौं फर्किन थालेको यातायात व्यवसायीले बताउँछन्।

 

प्रकाशित मिति: ०९:२४ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्