Kathmandu Press

अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक

काठमाडौं, जेठ ३०: नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्।आज दिउसो १ बजे एमाले केन्द्रीय कार्यालय, च्यासमा सचिवालय बैठक बोलाइएको...
अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक

काठमाडौं, जेठ ३०: नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्।

आज दिउसो १ बजे एमाले केन्द्रीय कार्यालय, च्यासमा सचिवालय बैठक बोलाइएको छ। सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा हुने जनाइएको छ।

आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकको अजेन्डा तय गरेको थियो। जसमा स्थानीय तहको समीक्षा लगायत अजेन्डा रहेका छन्।

गत वैशाख ३० गते स्थानीय तह निर्वाचन भएको थियो। जसमा एमालेले २०५ पालिका प्रमुख जितेको थियो। स्थानीय चुनावबाट एमाले पहिलोबाट दोस्रोमा झरेको छ।

यससँगै सचिवालय बैठकमा स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिने विषयमा पनि छलफलल हुनेछ। त्यस्तै, विभागलाई पूर्णता दिने विषयमा पनि छलफल हुने जनाइएको छ।

 

प्रकाशित मिति: ०७:५५ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्