Kathmandu Press

बलिउड अभिनेत्री अनुष्का र विराट पदयात्रामा

काठमाडौं, कात्तिक १९ : बलिउड अभिनेत्री अनुष्का शर्मा पति क्रिकेटर विराट कोहलीसँगै पदयात्रामा निस्केकी छन्।

यतिवेला श्रीलंकाको टोली भारतमा क्....

बलिउड अभिनेत्री अनुष्का र विराट पदयात्रामा
अनुष्का शर्माकाे ट्वीटरबाट

काठमाडौं, कात्तिक १९ : बलिउड अभिनेत्री अनुष्का शर्मा पति क्रिकेटर विराट कोहलीसँगै पदयात्रामा निस्केकी छन्।

यतिवेला श्रीलंकाको टोली भारतमा क्रिकेट खेल्दै छ। भारतीय टोलीका नियमित कप्तान विराटले छुट्टी लिएपछि रोहित शर्माले नेतृत्व गरिरहेका छन्।

विराट भने अनुष्कासँगै भुटान पुगेका छन्। अनुष्काले भुटानमा पदयात्रामा निस्केको तस्बीर सार्वजनिक संजालमार्फत सार्वजनिक गरेकी छन्।


‘आज हामीले ८.५ किलोमिटर उकालो पदयात्रा गर्‍यौं। यस दौरान एउटा सानो गाउँमा चार महिना अगाडिमात्र जन्मिएको गाईको एउटा बच्चालाई खाना खुवाउन रोकियौं। तब घरका मालिकले हामीलाई थाकेका छौं कि भनेर सोध्दै एक कप चियाको लागि सोधे,’ अनुष्काले ट्वीटरमा लेखेकी छन्।

उनले फोटोसँगै स्थानीयले आफलाई नचिनेको खुलाएकी छन्। यो प्रसङ्गसँगै उनले गाउँलेको दयालुपन र सरल स्वभाव प्रशंसा गरेकी छन्।

 

 

प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, कात्तिक १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्