जिसस रोल्पामा माओवादीको प्यानल विजयी
रोल्पा, जेठ २९ : जिल्ला समन्वय समिति रोल्पाको आज सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको प्यानल विजयी भएको छ।समितिको प्रमुखमा सीता आचार्य निर्वाचित भएकी छन्।...
रोल्पा, जेठ २९ : जिल्ला समन्वय समिति रोल्पाको आज सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको प्यानल विजयी भएको छ।
समितिको प्रमुखमा सीता आचार्य निर्वाचित भएकी छन्। जिल्ला समन्वय समितिको उपप्रमुखमा सोही पार्टीका कर्मलाल परियार निर्वाचित भए।
समन्वय समितिको सदस्यमा माओवादी केन्द्रको तर्फबाट ईन्द्रबहादुर रोका, केवलप्रसाद घर्ती र शेरबहादुर पुनः निर्वाचित भए।
दलितबाट अल्पसङ्ख्यक सदस्यमा माओवादी केन्द्रका निलम सुनार निर्वाचित भएकी छन्। महिला सदस्यमा सोही पार्टीका जितकुमारी विक, मिना सुनार र शर्मिला पुनमगर निर्वाचित भएका छन्। बीस मतदाता रहेको रोल्पामा माओवादी केन्द्रको १४, नेपाली कांग्रेसको पाँच र नेकपा ९एमाले०को एक मतदाता रहेको छ।
उपप्रमुखबाहेक सबै पदनिर्विरोध भएको हो। उपप्रमुखमा नेपाली कांग्रेसका टेकबहादुर बस्नेतले उम्मेदवारी दिएका थिए।
उपप्रमुखमा माओवादी केन्द्रका कर्मलाल परियारले १३ मत र कांग्रेसका टेकबहादुर बस्नेतले ५ मत प्राप्त गरेका थिए। एक मत बदर भएको थियो भने एमालेले मतदानमा सहभागिता जनाएन्।











