Kathmandu Press

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडाैं, जेठ २८ : प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम बहुमतले आज पारित भएको छ।प्रदेश १ को प्रदेशसभा नियमावली,...
प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडाैं, जेठ २८ : प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम बहुमतले आज पारित भएको छ।

प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ३८९३० बमोजिम आव २०७९र८० का लागि मुख्यमन्त्री राजेन्द्रकुमार राईले सो प्रस्ताव पेस गरेका थिए।

नीति तथा कार्यक्रममा उठेका प्रश्नका जवाफमा मुख्यमन्त्री राईले अघिल्लो सरकारको कारण वर्तमान सरकारलाई आर्थिक भार बढेको बताउनुभयो । उहाँले बहुवर्षीय योजनामा विगतका सरकारले प्रयाप्त बजेट विनियोजन नगरी योजना अघि बढेको अवस्थामा अहिलेको सरकारले ती योजनालाई पूरा गर्ने उद्देश्यका साथ अघि बढिरहेको बताउँदै विगतका सरकारका कारण अहिले सरकारलाई रु २७ अर्बको आर्थिक भार बढेको बताए।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा छलफलमा सहभागी प्रतिपक्षका सांसदहरूले विगतकै सरकारको कपी पेस्ट हो भन्नुु र यो नीति तथा कार्यक्रममा केही छैन भन्नु आफूले नबुझेको भन्दै मुख्यमन्त्री राईले छलफलमा उठेका सकारात्मक र राम्रा कुरा ग्रहण गर्ने उल्लेख गरे।

उनले निजामती सेवामा आकर्षित गराउनका लागि अभिमुखीकरण कार्यक्रम ल्याउने, लोकसेवा परीक्षा तालिम गराउने उद्देश्यले नीति तथा कार्यक्रममा प्रवेश पाएको बताउँदै सरकार बाध्य भएर बहुवर्षीय योजनामा रकम विनियोजन गरिरहेको बताए।

विशेष समयमा बाेल्दै प्रमुख प्रतिपक्षी एमालेका हिक्मतकुमार कार्कीले विगतका सरकारले प्रदेशको राजधानी कायम गरेको बताए। उनले प्रदेशको नामकरण संसद्मा प्रवेश गराउने समयमा कोरोनाको महामारी फैलिएको भन्दै प्रदेशको नामकरण गर्न आफ्नै संयोजकत्वमा कार्यदल बनेको जानकारी दिए।

उनले सरकारले प्रदेशको नामकरण गराउन प्रदेशमा प्रस्ताव प्रवेश गराउनुपर्ने सुझाव दिँदै प्रदेशको नामकरणमा सरकारले उदासिनता देखाउन नहुने तर्क गरे।

पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले प्रदेशवासीको साझा पहिचान देखाउने गरी प्रदेशको नामकरण हुनुपर्ने धारणा राख्दै विराटनगरमा सयौँ बिघा जग्गा रहेको र यसैमा प्रदेश सरकारको संरचना बन्नुपर्नेमा जोड दिए। उनले विद्यार्थीहरूले समयमै पुस्तक नपाएकोमा चिन्ता व्यक्त गर्दै सरकारले किसानको लागि मल, बीउविजन समयमै उपलब्ध गराउन माग गरे। उनले बैंकको चर्को ब्याज र आयातमा अप्ठ्याराहरू सिर्जना गरेर उद्योग र उद्योगी नफस्टाउने भन्दै वर्षातमा जनतालाई बाढीपहिरोबाट जोगाउन आवश्यक तयारी गर्नुपर्ने बताए।

प्रदेशसभाको अर्को बैठक असार १ गते अपराह्न २ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए।

प्रकाशित मिति: १८:०४ बजे, आइतबार, जेठ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्