Kathmandu Press

सात राष्ट्र सहभागी हुने टेनिस प्रतियोगिता जेठ ३१ देखि काठमाडौंमा

काठमाडाैं, जेठ २९ : नेपाल टेनिस संघको आयोजनामा आइटिएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन, रिजनल क्वालिफाइड इभेन्ट साउथ एसिया २०२२ हुने भएको...
सात राष्ट्र सहभागी हुने टेनिस प्रतियोगिता जेठ ३१ देखि काठमाडौंमा

काठमाडाैं, जेठ २९ : नेपाल टेनिस संघको आयोजनामा आइटिएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन, रिजनल क्वालिफाइड इभेन्ट साउथ एसिया २०२२ हुने भएको छ।

संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गदै संघले दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने प्रतियोगिता जुन १३ देखि १७ तारिखसम्म सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने जानकारी गराएको हो।

प्रतियोगीतामा प्रत्येक राष्ट्रका ६ खेलाडीको सहभागिता रहने छ जसमा३–३ ब्वाइज/गर्ल्स ले प्रत्येक राष्ट्रबाट प्रतिष्पर्धा गर्नेछन् भने टिम स्पर्धामा मात्र प्रतिष्पर्धा हुने संघका महासचिव मनोहरदास मुलले जानकारी दिए।

टिममा स्पर्धामा २ सिंग्ल्स र १ डबल्स विधामा खेल हुने छ। प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीको छनोट जेठ ७ देखि १० गतेसम्म सम्पन्न भै सकेको उहाले बताए। 

नेपालबाट ब्वाईजमा वृजेश अर्याल, आद्रित नेपाल र असभसम्राट हाडा र गल्र्समा शिभाली गुरुङ्ग, प्राज्ना मानन्धर र कर्मिस्ठा नुगाह श्रेष्ठले प्रतियोगितामा सहभागी जनाउने संघले जनाएको छ। 

प्रकाशित मिति: १६:४६ बजे, आइतबार, जेठ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्