Kathmandu Press

जसपा नेपाल र राजपा लोकतान्त्रिकबीच एकीकरण

जनकपुर, जेठ २९ : जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र राष्ट्रिय जनता पार्टी लोकतान्त्रिक (राजपा लोकतान्त्रिक) बीच एकीकरण भएको छ।जनकपुरधाममा आज (आइतबार)...
जसपा नेपाल र राजपा लोकतान्त्रिकबीच एकीकरण

जनकपुर, जेठ २९ : जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र राष्ट्रिय जनता पार्टी लोकतान्त्रिक (राजपा लोकतान्त्रिक) बीच एकीकरण भएको छ।

जनकपुरधाममा आज (आइतबार) आयोजित एक कार्यक्रमबीच ती दुई दलबीच एकीकिरण भएको हो ।

जसपासँग मिलेको घोषणापछि राजपा लोकतान्त्रिकका अध्यक्ष रितेश सिंहले मधेसमा सशक्त पार्टी आवश्यक रहेकाले एकतामा अघि बढेको बताए।

कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलगायत नेताकार्यकर्ताको उपस्थिति थियो।

अध्यक्ष यादवले मधेसी जनतालाई अधिकार दिलाउन मधेसवादी दल जुट्नुको विकल्प नरहेको बताउँदै अन्य दलहरूलाई पनि एकढिक्का भएर अघि बढ्न आह्वान गरे।

प्रकाशित मिति: १४:५६ बजे, आइतबार, जेठ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्