काठमाडौं–१ बाट संसदीय निर्वाचन लड्ने पूर्वडिआइजी खरेलकाे घाेषणा
काठमाडौं, जेठ २९ : पूर्वडिआइजी रमेश खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट संसदीय निर्वाचन लड्ने भएका छन्। खरेलले आफू नेतृत्वको नेपाल सुशासन पार्टीबाट आगामी...
काठमाडौं, जेठ २९ : पूर्वडिआइजी रमेश खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट संसदीय निर्वाचन लड्ने भएका छन्।
खरेलले आफू नेतृत्वको नेपाल सुशासन पार्टीबाट आगामी चैत–बैठकमा हुने प्रतिनिधिसभा सदस्य चयनका लागि हुने निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
पार्टीले खरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो।
प्रहरीबाट अवकाश पाएयता खरेल भ्रष्टाचारविरोधी अभियानमा संलग्न छन्। प्रहरी सेवामा रहँदा पनि उनी आफ्नो आक्रामक शैली र खरो अभिव्यक्तिका कारण चर्चामा आइरहन्थे।
यसअघि उनले काठमाडौं वा पर्साबाट उम्मेदवार बन्ने तयारी गरिरहेकाे भन्ने समाचारहरू आउने गरेका थिए।
प्रकाशित मिति: १२:०० बजे, आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











