२६० ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट तीन जना पक्राउ
काठमाडौं, जेठ २९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ परेका छन्। जजिरा एअरलाईन्सबाट आज बिहान विमानस्थलमा उत्रिएका प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज...
काठमाडौं, जेठ २९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ परेका छन्।
जजिरा एअरलाईन्सबाट आज बिहान विमानस्थलमा उत्रिएका प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोचीलाई विमानस्थलमा रहेको भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो।
भन्सार कार्यालयले उनीहरूले पाइन्टको भित्री भागमा लुकाएको २६० ग्राम सुन बरामद गरेको जनाएको छ ।
प्रारम्भिक बयानमा तीनै जनाले अन्य व्यक्तिले एक÷एकवटा पाइन्ट दिएको र नेपालमा ती पाइन्ट अन्य व्यक्तिलाई बुझाएपछि केही रकम दिने आशा देखाएको बताएका छन्।
प्रकाशित मिति: ११:२५ बजे, आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











