एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै
काठमाडौं, जेठ २९ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कार्यालको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्ने...
काठमाडौं, जेठ २९ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कार्यालको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्ने बताइएको छ।
महासचिव अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहने एमाले केन्द्रीय कार्यालयको बैठकले सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूचीहरू निर्धारण गर्ने नेकपा एमालेले जनाएको छ ।
एमालेले केन्द्रीय सचिवालयको बैठक सोमबार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाएको छ ।
प्रकाशित मिति: ११:१० बजे, आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











