Kathmandu Press

एसियन कप छनोट : नेपाल कुवेतसँग पराजित

काठमाडौं, जेठ २९ : एएफसी एसियन कप २०२३’ को छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कुवेतसँग पराजित भएको छ। कुवेतको जाबिर अल अहमद स्टेडियममा गए...
एसियन कप छनोट : नेपाल कुवेतसँग पराजित

काठमाडौं, जेठ २९ : एएफसी एसियन कप २०२३’ को छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कुवेतसँग पराजित भएको छ। कुवेतको जाबिर अल अहमद स्टेडियममा गए राति भएको तेस्रो चरण समूह ‘ए’को खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोलअन्तरले पराजित भएको हो । कुवेतको जितमा युसेफ अलसुलिमानले दुई गोल गरे भने फाहद अल्रेसिदी र मोबारक अल्फानिनीले एक–एक गोल गरे।

खेलमा नेपालका दर्शन गुरुङले एक गोल फर्काए। खेलको २८औँ मिनेटमा फाहदले हेडमार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए। त्यस्तै खेलको ४८औँ मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए । खेलको ७०औँ मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए।

यसैगरी खेलको ७३औँ मिनेटमा अल्फानिनीले गोल गर्दा घरेलु टोली ४–० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा दर्शनले एक गोल गरे पनि नेपाल ४–१ ले पराजित हुन पुग्यो । यस हारसँगै नेपालको यो दोस्रो हार हो । नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो।

यता कुवेतको भने यो पहिलो जित हो । पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो। उक्त प्रतियोगिताअन्तर्गत नेपालले अब आफ्नो अन्तिम खेलमा इन्डोनेसियासँग यही जेठ ३१ गते खेल्नेछ। 

प्रकाशित मिति: १०:५० बजे, आइतबार, जेठ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्