Kathmandu Press

जिसस पर्साकाे प्रमुखमा २ मतान्तरले जसपाका सोनार विजयी

पर्सा, जेठ २९ : जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का नीरज (अजय) साह सोनार विजयी भएका छन्। जसपा र...
जिसस पर्साकाे प्रमुखमा २ मतान्तरले जसपाका सोनार विजयी

पर्सा, जेठ २९ : जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का नीरज (अजय) साह सोनार विजयी भएका छन्। जसपा र नेकपा (एमाले) तर्फबाट  साझा उम्मेदवार बनेका उनी दुई मतको अन्तरले विजयी भएका हुन्। 

उनले १५ मत ल्याउँदा उहाँका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका साझ उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरे। 

यसैगरी उपप्रमुख पदमा एमालेका पुरन साह कूल १५ मतसहित जिजयी बनेका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कुमारी सोनीले १३ मत प्राप्त गरे।

जिससको नेतृत्वका लागि जसपा–एमाले गठबन्धन मिलेर चुनाव लडेकामा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। 

नौ सदस्यीय जिसस पर्सामा जसपाबाट तीन र एमालेका चार सदस्य विजयी भएका छन् । एमालेको १० र जसपाको पाँच गरी १५ मत थियो । यसैगरी कांग्रेस १२ र लोसपा एक गरी १३ मत थियो। 
    

प्रकाशित मिति: १०:१० बजे, आइतबार, जेठ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्