आज प्रतिनिधिसभामा दुई मन्त्रालयको बजेटमाथि छलफल
काठमाडौं, जेठ २९ : प्रतिनिधिसभाको आजको बैठकमा दुई मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ।अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते बजेट पेश गरेका थिए।...
काठमाडौं, जेठ २९ : प्रतिनिधिसभाको आजको बैठकमा दुई मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते बजेट पेश गरेका थिए। त्यसयता निरन्तर बजेटमाथि छलफल चलिरहेको छ।
आज प्रतिनिधिसभाको बैठकमा शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ। यसका लागि बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ।
यससँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटका विषयमा पनि छलफल हुनेछ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले खचै कटौतीको प्रस्ताव दर्ता गराएका छन्। उनीहरुले विनियोजन विधेयक २०७९ अन्तर्गत छलफल हुने दुई मन्त्रालय र तीन निकायको उल्लिखित खर्च कटौतीको छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका हुन्।
त्यस्तै, सांसद कृष्णभक्त पोखरेलले शहरी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँमा कायम गरियोस् भनी खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन्।











