Kathmandu Press

ग्यास बुलेटको ठक्करबाट बाबुछोरीको मृत्यु

हेटौंडा, जेठ २९ : हेटौंडाको पशुपतिनगरमा भारतीय ग्यास बुलेटको ठक्करबाट मोटसाइकलमा सवार बाबुछोरीको मृत्यु भएको छ।भारतबाट ग्यास बोकेर आएको एनएल–०१ एल २९७१ नम्बरको...
ग्यास बुलेटको ठक्करबाट बाबुछोरीको मृत्यु

हेटौंडा, जेठ २९ : हेटौंडाको पशुपतिनगरमा भारतीय ग्यास बुलेटको ठक्करबाट मोटसाइकलमा सवार बाबुछोरीको मृत्यु भएको छ।

भारतबाट ग्यास बोकेर आएको एनएल–०१ एल २९७१ नम्बरको ग्यास बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको ना ६१ प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिएको हो।

दुर्घटनामा ५५ वर्षीय ईश्वरकुमार तामाङ र उनकी छोरी २६ वर्षीया अमिना तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार ग्यास बुलेटको ठक्करबाट दुवै जना घाइते भएका थिए। उनीहरुलाई तत्काल हेटौंडा अस्पताल लगिएको थियो। अस्पताल पुर्याउने वितिक्कै चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रकाशित मिति: ०७:२७ बजे, आइतबार, जेठ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्