सीतापाइलामा घरको छतबाट खसेर एक युवाको मृत्यु
काठमाडौं, जेठ २८ : काठमाडौँको सीतापाइलामा घरको छतबाट खसेर एक युवाको मृत्यु भएको छ ।नागार्जुन नगरपालिका–४ सीतापाइला घर भएका ३७ वर्षीय जीतेन्द्र श्रेष्ठको...
काठमाडौं, जेठ २८ : काठमाडौँको सीतापाइलामा घरको छतबाट खसेर एक युवाको मृत्यु भएको छ ।
नागार्जुन नगरपालिका–४ सीतापाइला घर भएका ३७ वर्षीय जीतेन्द्र श्रेष्ठको आफ्नै घरको पाँचौँ तलाबाट खसेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पानी भर्ने क्रममा चिप्लेर घरको छतबाट खसेका श्रेष्ठको उपचारका क्रममा शुभेच्छा अस्पताल सीतापाइलामा मृत्यु भएको जानकारी दिए ।
घरबाट खसेर गम्भीर घाइते भएका श्रेष्ठलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता मैनालीले बताए ।
प्रकाशित मिति: २१:०० बजे, शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











