स्वदेश फर्किए सञ्चारमन्त्री कार्की
काठमाडौं, जेठ २८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अन्तर्राष्ट्रिय दूरसञ्चार संघको आयोजनामा रुवाण्डाको राजधानी किगालीमा भएको विश्व दूरसञ्चार विकास सम्मेलनमा सहभागी...
काठमाडौं, जेठ २८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अन्तर्राष्ट्रिय दूरसञ्चार संघको आयोजनामा रुवाण्डाको राजधानी किगालीमा भएको विश्व दूरसञ्चार विकास सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका छन् ।
मन्त्री कार्की सम्मेलनमा भाग लिएर शनिबार अपराह्न स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री कार्कीले सरकारले विभिन्न कठिनाइका बीच सन् २०२५ सम्म दूरसञ्चार सबै नेपालीको पहुँचमा पुर्याउने प्रतिबद्धता सरकारको तर्फबाट व्यक्त गरेको जनाए ।
भ्रमणका क्रममा अरू देशका समकक्षीसँग भेट गरेको र नेपालप्रति सद्भाव प्रकट भएको मन्त्री कार्कीले जानकारी दिए ।
प्रकाशित मिति: १९:५७ बजे, शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











