Kathmandu Press

प्रसारण लाइनमा चढेका व्यक्तिको नेपाली सेनाद्वारा सकुशल उद्धार 

काठमाडौं, जेठ २८ : नुवाकोटको ककनी गाउँपालिका–७ स्थित त्रिशुली जलविद्युत आयोजनाको प्रसारण लाइनमा चढेका एक व्यक्तिलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ । ककनी गाउँपालिका–७...
प्रसारण लाइनमा चढेका व्यक्तिको नेपाली सेनाद्वारा सकुशल उद्धार 

काठमाडौं, जेठ २८ : नुवाकोटको ककनी गाउँपालिका–७ स्थित त्रिशुली जलविद्युत आयोजनाको प्रसारण लाइनमा चढेका एक व्यक्तिलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ । 

ककनी गाउँपालिका–७ बाट नेपाली सेनाको हेलिकप्टर सहित पुगेको रेञ्जर गणको उद्धार टोलीले बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विकको सकुसल उद्धार गरेको हो । विक आज बिहान १० बजेतिरबाट तारमा चढेका थिए। उनी घरी अडिने, घरी यताउता हिँड्ने गरिरहेका छन्। प्रहरी र स्थानीयले तल ओर्लन आग्रह गरिरहे पनि उनले मानेका थिएनन् । 

विक तारमा चढेपछि साढे ११ बजेतिरबाट प्राधिकरणले लाइन काट्दा प्रतिघन्टा १० लाख घाटा विद्युत बेहोर्नुपरेको प्राधिकरणले बताएको छ। यसअघि विकको उद्धारका लागि ऊर्जामन्त्री पम्फा भुसालले ट्विटरमार्फत नेपाली सेनालाई आग्रह गरेकी थिईन् । 

उनी तारमा चढेर बसेपछि माथिल्लो त्रिशुली थ्री ‘ए’ र केही साना जलविद्युत आयोजनाको उत्पादन नै बन्द गरिएको छ। अप्रिय घटना नहोस् भनेर विद्युत् प्राधिकरणले आयोजना बन्द गरेर विद्युत प्रवाह रोकेको थियो । 
 

प्रकाशित मिति: १९:३४ बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्