Kathmandu Press

राष्ट्रिय स्वाधीनतासहित अगाडि बढ्न देशका सामु चुनौती : ओली

काठमाडौं, जेठ २८ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वाधीनतासहित अगाडि बढ्न देशका सामु चुनौती रहेको बताएका छन्।शनिबार काठमाडौंमा एमालेलाई स्थानीय चुनावमा...
राष्ट्रिय स्वाधीनतासहित अगाडि बढ्न देशका सामु चुनौती : ओली

काठमाडौं, जेठ २८ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वाधीनतासहित अगाडि बढ्न देशका सामु चुनौती रहेको बताएका छन्।

शनिबार काठमाडौंमा एमालेलाई स्थानीय चुनावमा सहयोग गर्ने कलाकारहरुको सम्मान गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वाधीनतामा कसैका पनि दूष्प्रभावहरु पर्न नहुने समेत बताए।

कसैले पनि डराएर धम्काएर, फकाएर फुलाएर देशको स्वाभिमानमाथि तलमाथि गरेको स्वीकार नहुने उहाको भनाई छ। ओलीले बिकासित समाज बनाउन एमाले बाहेक कसैले अगुवाई गर्न नसक्ने दाबी गरे।

उनले देश बनाउने नीति एमालेको बाहेक अरु कसैको नरहेको बताए। एमाले जस्तो देशको हितमा बोल्ने र काम गर्ने पार्टी अरु कुनै नरहेको उनले बताए।

उनले सबै मिलेर देशलाई माया गर्नुपर्ने धारणा राखे। 

प्रकाशित मिति: १८:४४ बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्