ग्लोबल आईएमई बैंकले तीन महिनामै कमायो ७३ करोड ४६ लाख
काठमाडौं, कात्तिक १९ : ग्लोबल आईएमई बैंकले तीन महिनामै ७३ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ।
जुन गत वर्षको सोही अवधिभन्दा ३७.४० प्रतिशतले बढ....

काठमाडौं, कात्तिक १९ : ग्लोबल आईएमई बैंकले तीन महिनामै ७३ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ।
जुन गत वर्षको सोही अवधिभन्दा ३७.४० प्रतिशतले बढी हो। गत वर्ष बैंकले तीन महिनामा ५३ करोड ४७ लाख रुपैयाँ नाफा गरेको थियो।
असोज मसान्तसम्ममा यस्तो आम्दानी एक अर्ब ५६ करोड रुपैयाँ आर्जन गरेको हो। कर्जा लगानीमा आक्रमक हुँदा व्याज आम्दानी ह्वात्तै बढेको छ।
निक्षेप संकलन एक खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ। यो तीन महिनाको अवधिमा ६.६५ प्रतिशतले बढेको हो। कर्जा विस्तार भने ८.७३ प्रतिशतले बढेको छ। यसको प्रभाव नाफामा देखिएको हो ।
बैंकले एक खर्ब १८ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको चुक्ता पूँजी १० अर्ब चार करोड रुपैयाँ छ भने जगेडा कोषमा चार अर्ब एक करोड रुपैयाँ जम्मा गरेको छ। बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँबाट २८ रुपैयाँ पुगेको छ।










-1754206481.jpg)
