प्रसारण लाइनमा चढेका व्यक्तिकाे उद्धारका लागि हेलिकाेप्टर जाँदै
काठमाडौं, जेठ २८ : नुवाकोटको ककनी गाउँपालिका–७ स्थित त्रिशुली जलविद्युत आयोजनाको प्रसारण लाइनमा चढेका एक व्पक्तिलाई आठ घन्टापछि उद्धार गरिएको छ।उनलाई सेनाको उद्धार टोली सहितको...
काठमाडौं, जेठ २८ : नुवाकोटको ककनी गाउँपालिका–७ स्थित त्रिशुली जलविद्युत आयोजनाको प्रसारण लाइनमा चढेका एक व्यक्तिलाई उद्धार गर्न हेलिकाेप्टर जाँदैछ।
प्रसारण लाइनमा चढ्ने व्यक्ति बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक र उनकाे उद्धारका सेनाको टोली सहितको हेलिकप्टर आउँदै गरेकाे ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए।
तारमा चढ्ने मान्छेकाे उद्धार भइसकेकाे छैन। उद्धारका लागि सेनाकाे हेलिकाेप्टर आउँदै गरेकाे जानकारी प्रजिअले दिनुभएकाे छ,' उनले भने।
विकको उद्धारका लागि ऊर्जामन्त्री पम्फा भुसालले ट्विटरमार्फत नेपाली सेनालाई आग्रह गरेकी छन्।
‘नुवाकोटमा त्रिशुली थ्री एको प्रसारण लाइनमा रहेका व्यक्तिको उद्धार गर्न मैले नेपाली सेनालाई आग्रह गरेको छु,’ उनले लेखेकी छन्, ‘विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौं। उद्धारमा साथ दिन सम्बन्धित सबैलाई आग्रह गर्दछु।
उनी तारमा चढेर बसेपछि माथिल्लो त्रिशुली थ्री ‘ए’ र केही साना जलविद्युत आयोजनाको उत्पादन नै बन्द गरिएको छ। अप्रिय घटना नहोस् भनेर विद्युत् प्राधिकरणले आयोजना बन्द गरेर विद्युत प्रवाह राेकेकाे हाे।
विक आज (शनिबार) बिहान १० बजेतिरबाट तारमा चढेका थिए। उनी घरी अडिने, घरी यताउता हिँड्ने गरिरहेका छन्। प्रहरी र स्थानीयले तल ओर्लन आग्रह गरिरहे पनि उनले मानेका छैनन्।
विक तारमा चढेपछि साढे ११ बजेतिरबाट प्राधिकरणले लाइन काट्दा प्रतिघन्टा १० लाख घाटा विद्युत बेहोर्नुपरेको प्राधिकरणले बताएकाे छ।











