एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री देउवासँग भेट
काठमाडाैं, जेठ २८ : गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षद्वय कुल आचार्य र डा. बद्री केसीसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ।भेटघाट...
काठमाडाैं, जेठ २८ : गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षद्वय कुल आचार्य र डा. बद्री केसीसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ।
भेटघाट कार्यक्रममा एनआरएनए उपाध्यक्षद्वय नरेन्द भाट र दुर्गा आचार्य, महासचिव डा. केशव पौडेल, उपमहासचिव नारायण काफ्ले, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक अमित राई, एनसिसी पोर्चुगलका प्रतिनिधि नरेन्द्र हमाललगायत गैरआवासीय नेपालीहरूको सहभागिता थियो ।
भेटघाटका क्रममा उनीहरूले गैरआवासीय नेपालीलाई परिचयपत्र उपलब्ध गराउन अनुरोध गरे। त्यसैगरी गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीहरुको मताधिकारको विषयका साथै म्यानमार र थाइल्याण्डमा रहेका नेपालीहरुको पहिचानको समस्याबारे अवगत गराए।
आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले पेस गरेको नीति, कार्यक्रम तथा बजेटमा गैरआवासीय नेपाली संघले उठाउँदै आएका धेरैजसो विषय सम्बोधन भएको भन्दै धन्यवाद दिए।
प्रधानमन्त्री देउवाले एनआरएनएले उठाएका विषयप्रति नेपाल सरकार सकारात्मक रहेको बताए।











