Kathmandu Press

प्रधानमन्त्रीले संकल्प पूरा गर्नुहुन्छ : उपसभापति खड्का

भक्तपुर, जेठ २८ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले लिएको संकल्प पूरा गर्ने ‘मिसन’को नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवाले लिएको बताका छन्।आज...
प्रधानमन्त्रीले संकल्प पूरा गर्नुहुन्छ : उपसभापति खड्का

भक्तपुर, जेठ २८ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले लिएको संकल्प पूरा गर्ने ‘मिसन’को नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवाले लिएको बताएका छन्।

आज भक्तपुरमा आयोजित शहीद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठानको दशौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री देउवाको सबल र दृढ नेतृत्वले कांग्रेसले सफलता हाँसिल गरेको बताएका हुन्।

'नेपाली कांग्रेसको उद्देश्य प्राप्तिका लागि, कांग्रेसको सङ्कल्प पूरा गर्न, कांग्रेसलाई ठूलो पार्टी बनाउन र गठबन्धनसहित दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने अहिलेको मिसनको नेतृत्व पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले गर्नुभएको छ,' पूर्वगृहमन्त्रीसमेत रहेका खड्काले भने। कुनै पनि एउटा पार्टीले मात्रै अब दुई तिहाइ ल्याउन सक्ने अवस्था नरहेको उहाँले दाबी गरे। 

'कांग्रेस एक्लैले पनि दुई तिहाइ ल्याएर संविधान संशोधन गर्न सक्ने अवस्था छैन,' उनले भने, 'अबको निर्जाचनमा दुई तिहाइका लागि पनि गठबन्धन आवश्यक छ।'

बिपी कोइरालाले कम्युनिष्टसँग मिलेर कहिल्यै जान हुन्न भने पनि कम्युनिष्टसँग मिलेर गणेशमान सिहंको नेतृत्वमा भएको लोकतान्त्रिक आन्दोलन सफल भएको स्मरण गर्दै खड्काले अहिले पनि समय र परिस्थितिको आवश्यकतालाई हेरेर कम्युनिष्टसँग गठबन्धन गर्नुपरेको बताए।

उनले भने, 'लोकतन्त्र बचाउन, संविधान संशोधन गर्न, बम, बन्दुक पड्काउने राजनीतिक रोक्दै शान्ति स्थापना कायम गर्न र समग्र देशको हितका लागि अहिले गठबन्धन भएको हो, यो गठबन्धनले मङ्सिरमा हुने सङ्घ र प्रदेशको निर्वाचनमा दुई तिहाइ ल्याउँछ।' 

उपसभापति खड्काले जनताको विश्वासको कडीलाई कांग्रेसले टुट्न नदिने बताउँदै जनताको पक्षमा काम गर्दै जाने दृढता व्यक्त गरे।

कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई जनताको पक्षमा मन जितेर काम गर्न निर्देशन दिँदै उनले भने, 'कांग्रेस जनताको पार्टी हो भन्ने अनुभूति दिने गरी काम गर्नुस्, सम्पत्ति थप्ने कोसिस नगर्नुस्।'

कार्यक्रममा नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले शहीद राधेश्याम जोन्छेँको स्मृति भवन र शालिक निर्माणको काम वाग्मती प्रदेशले गर्ने घोषणा गरे।

उनले प्रजातन्त्रमा शहीद पत्नी पनि मन्त्री हुने दिन आउँछ भन्ने सन्देश कांग्रेसले दिएको भन्दै कांग्रेस लोकतन्त्रको रक्षाका लागि उभिएको दाबी गरे। 

सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य रमा पौडेल, कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायतले कांग्रेसले आगामी सङ्घ र प्रदेशको निर्वाचनलाई लक्ष्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा पदमबहादुर पौडेलले शहीद जोन्छेँको स्मृति भवन र शालिक निर्माणका लागि सूर्यविनायक नगरपालिका–८ सिपाडोलको ३ आना २ पैसा क्षेत्रफल जग्गा प्रतिष्ठानलाई प्रदान गरेको घोषणा गर्नुभयो। 

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष तथा वाग्मती प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी जोन्छेँले आफ्ना पति शहीद राधेश्याम जोन्छेँले गरेको योगदानको चर्चा गरे। 

तत्कालीन जनयुद्धकालमा नेकपा ९माओवादी०ले भक्तपुरको कटुञ्जेस्थित घरमै बसिरहेका जोन्छेँलाई विसं २०५९ भदौ १६ गते गोली हानी घाइते बनाएको थियो। घाइते अवस्थामा हिँड्डुलसमेत गर्न नसकी उहाँको २०६९ साल जेठ २४ गते निधन भएको थियो।

प्रकाशित मिति: १६:२८ बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्