Kathmandu Press

जिसस बर्दियामा कांग्रेसका उम्मेदवारहरू र्निविरोध निर्वाचित

बर्दिया, जेठ २८ : स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जिल्ला समन्वय समिति (जिसस) बर्दियामा नेपाली कांग्रेसका उम्मेदवारहरू र्निविरोध निर्वाचित भएका छन्।जिल्ला न्यायाधीशसमेत रहेका मुख्य...
जिसस बर्दियामा कांग्रेसका उम्मेदवारहरू र्निविरोध निर्वाचित

बर्दिया, जेठ २८ : स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जिल्ला समन्वय समिति (जिसस) बर्दियामा नेपाली कांग्रेसका उम्मेदवारहरू र्निविरोध निर्वाचित भएका छन्।

जिल्ला न्यायाधीशसमेत रहेका मुख्य निर्वाचन अधिकृत  लोकजंग शाहका अनुसार जिसस बर्दियाको प्रमुख, उपप्रमुख तथा सदस्य पदहरुमा कांग्रेसका उम्मेदवारहरु र्निविरोध निर्वाचित भएका हुन्।

प्रमुख पदमा सूर्यबहादुर विष्ट, उपप्रमुखमा अमिताकुमारी यादव, सदस्यहरुमा तिर्थप्रसाद जैसी, विनय राजभण्डारी, पुरै लाल थारू, महिला सदस्यतर्फ खगिसरा कामी, छविभाट क्षेत्री र बिमला थारु, दलित वा अल्पसंख्यक सदस्यमा सुनिता नेपाली र्निविरोध निर्वाचित भएका हुन्।

प्रमुखलाई मुख्य निर्वाचन अधिकृत र उपप्रमुखलगायत सदस्यहरुलाई प्रमुखले शपथ ग्रहण गराए। उनीहरूले पद बहाली पनि गरेका छन्।

प्रकाशित मिति: १५:३५ बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्