फोहाेर व्यवस्थापनका लागि दीर्घकालीन समाधान खोजिन्छ : उपमेयर डंगाेल
काठमाडौं, जेठ २८ : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौंको फोहाेर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने बताएकी छन्।शनिबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै डंगोलले तत्कालका...
काठमाडौं, जेठ २८ : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौंको फोहाेर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने बताएकी छन्।
शनिबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै डंगोलले तत्कालका लागि फोहाेर व्यवस्थापनका लागि सहमति भए पनि दीर्घकालीन समाधान खोजिने भन्दै विभिन्न योजनाहरु तयार भइरहेको बताए।
उनले फोहरको स्रोतमा नै विकेन्द्रीकृत गरेर, त्यही नै व्यवस्थापन गर्नुपर्ने उल्लेख गरे। डंगोलले घरैबाट जैविक-अजैविक छुट्याइदिनपनि पनि आग्रह गरे।
उनले फोहाेर व्यवस्थापनका लागि गरेको प्रतिबद्धता पूरा गर्ने बताए।
प्रकाशित मिति: १४:२८ बजे, शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











