Kathmandu Press

शाह अष्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त

काठमाडाैं, जेठ २८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुदूरपश्चिमको अछाम कालिमाटीका युवा उद्यमी स्वतन्त्रप्रताप शाहलाई अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त गरेको...
शाह अष्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त

काठमाडाैं, जेठ २८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुदूरपश्चिमको अछाम कालिमाटीका युवा उद्यमी स्वतन्त्रप्रताप शाहलाई अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ। 

नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयले उहाँलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो। मन्त्रालयले आज उनलाई पर्यटन दूतमा नियुक्त गरिएको नियुक्तिपत्र प्रदान गरेको छ। 

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले शाहलाई पर्यटन दूतमा नियुक्त गरेको नियुक्तपत्र हस्तान्तरण गरेका हुन्। शाहले नेपाली राजदूतावाससहित सरोकारवाला निकायसँगको सहकार्यमा पर्यटन प्रवर्धनका लागि काम गर्नुपर्ने बताइएको छ। 

शिक्षण र होटल व्यवसायमा आबद्ध शाह अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघका अध्यक्षसमेत हुन्। यसैगरी उनले गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका लागि उपाध्यक्ष भएर काम गरिसकेको बताइएको छ। 

कला क्षेत्रमा समेत रुचि राख्ने शाहले नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १३:५८ बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्