Kathmandu Press

टौदहमा विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास

काठमाडौं, जेठ २८ : काठमाडौंको टौदहमा विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि अभ्यास गरिएको छ।जिल्ला विपद् व्यवस्थापन समिति, काठमाडौंको आयोजनामा शनिबार विपद् प्रतिकार्य अभ्यास...
टौदहमा विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास

काठमाडौं, जेठ २८ : काठमाडौंको टौदहमा विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि अभ्यास गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समिति, काठमाडौंको आयोजनामा शनिबार विपद् प्रतिकार्य अभ्यास गरिएको हो। विपदमा परेकाहरुको खोज तथा उद्धारमा समन्वयात्मक तथा नेतृत्वदायी भूमिका, आवश्यकता अनुसार उद्धार र राहत सामाग्रीको बन्दोबस्ती, सुरक्षा निकायसंगको समन्वय तथा परिचालन लगायतका विषयमा केन्द्रित रहेर पूर्वअभ्यास गरिएको समितिले जनाएको छ।

अभ्यासमा कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र रेडक्रसको टोलीले काल्पनिक रुपमा पोखरीमा डुवेका व्यक्तिहरुको उद्दार र उपचार गरेको थियो। कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले मनसुनका बेला काठमाडौंमा हुनसक्ने बिपतका घटनाका लागि तत्कालै उद्दारका लागि तयारी अवस्थामा रहेको बताए।

विपतका घटनामा धनजनको क्षति हुन नदिनका लागि तयार रहेको सन्देश दिनका लागि र बिपदको पूर्वतयारीका लागि अभ्यास कार्यक्रमको आयोजना गरिएको उनले बताए।

मनसुन सुरु हुनै लाग्दा काठमाडौ लगाएत ललितपुर र भक्तपुरका साथै देशका अन्य जिल्लाहरुमा समेत विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि अभ्यास गरिएको छ। 

 

प्रकाशित मिति: १३:४१ बजे, शनिबार, जेठ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्